२०८३ साउन ९ शनिबार

कोका–कोलाको ‘कोक र खाना’ अभियान

ई आर्थिक    सोमबार, माघ ५ २०७७
7K
Shares
कोका–कोलाको ‘कोक र खाना’ अभियान

ई–आर्थिक, काठमाडौं । कोका–कालाले ‘कोक र खाना’ अभियान सुरु गरेको छ । हामीले कहिले पनि पूर्वानुमान गर्न नसक्ने तरिकाले कोभिड–१९ ले हाम्रो जीवनलाई परिवर्तन गरेको छ, तर यसले हामीलाई पछाडि फर्केरहाम्रो वरिपरिको संसार पुनःपत्तालगाउने अवसर प्रदान गरेको छ । साथीहरू र परिवारसँग खानाखाने जस्ता साधारण चीजहरूले नयाँ महत्व पाएका छन् । यो अन्तर्दृष्टि कोका–कोलाको ‘कोक र खाना’ अभियानमा रुपान्तरण भएको कोका–कोलाले जानकारी दिएको छ । जहाँ नेपालमा कोकको साथ खानाका क्षणहरूको आनन्द र खुशी मनाइन्छ, र ‘खाना जे होला स्वाद बढाउन कोका–कोला’ भन्ने नारा सहित यसले कोकसंग खाँदा साधारण खानापनि स्वादिष्ट बन्छ भन्ने सन्देशलाई यो अभियानले पुनःस्थापना गरेको कोकको उत्पादक कम्पनी बोटलर्स नेपाल लिमिटेड भनाई छ ।

विगत ५ वर्ष देखि कोका–कोलाले मोःमोःउत्स वपर्वको रुपमा कोक र खानाको संयोजनलाई मनाउँदै आइरहेको छ । यस वर्षको अभियानमा भनेको कोका-कोलाले मःमः को साथै हरेक खानामा कोकले थप्ने स्वादको उत्कृष्टत मनाउँदै छ ।

यस अभियानको बारेमा बोल्दै नेपालका लागि कोका–कोलाका कन्ट्री निर्देशक अम्बुज सिंहले भने, ‘यो अभियान घरमै खाना र विशेष क्षणहरू साट्ने बारेमा हो, र यसले कोकको खानासँगको सम्बन्धमा प्रकाश पार्छ । हामी यस अभियानलाई एक ठूलो, एकताबद्ध भावको रूपमा देख्छौं जुन अहिलेको समय र ब्रान्ड दुबैको लागि उपयुक्त छ। कोक र खाना एक उत्कृष्ट जोडी हो र हामीहाम्रा उपभोक्ताहरूलाई उनीहरूको आफ्नै कोक र खानाको संयोजनका साथ स्वाद र आफ्नोपनको खुसी बढाउन प्रोत्साहित गर्न चाहन्छौं ।’

कोक र खाना पहिलेको कोक र मःमः अभियानको एक विस्तारण हो र यसले खानासँग कोकको सम्बन्धलाई थप जोड दिन्छ । यस अभियानको विज्ञापनमा लोकप्रिय अभिनेत्रीहरू सम्रागी आरएल शाह र अलिशा राई, र गायिका केन्जलश्रेष्ठ, जे अथर र आइजन छन्, र सो विज्ञापनमा कोकका साथ गुण्स्तरीय खाना टाइमजीवनमा कसरी ल्याउन सकिन्छ भनेर देखाइएकोे छ ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘कोक र खाना अभियान विश्वव्यापी रूपमा सफलभएका छन् र हामीले कोका–कोलालाई कुनै पनि प्रकार खानाको लागि उत्तमसाझेदारका रूपमा स्थापित गरेकाले हामी यसलाई नेपालमा ल्याउन पाउँदा खुसी छौं । यो अभियानको छैठौं वर्षमा आइपुग्दा, हामी ‘खाना जे होला, स्वाद बढाउन कोका–कोला’ भन्ने सन्देश प्रवाह गर्न पाउँदाखुसी छौं । यो सन्देशले उपयुक्त खानाको संस्कार र खानाको समयको साथलाई प्रतिबिम्बित गर्दछ ।’

कोकाकोला कम्पनी नेपालले यस अभियानभरि आफ्ना उपभोक्ताहरूकालागि थुप्रै आश्चर्यजनक योजनाहरु बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij