ई–आर्थिक, काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिने भएको छ । बैंकको १३ औँ वार्षिक साधारण सभाले ३% नगद लाभांश र ७% बोनस सेयर सहितका प्रस्तावहरु पारित गर्दै भव्यतापुर्वक सम्पन्न भयो ।
साधारण सभाले आ. ब. २०७६/७७को बार्षिक प्रतिबेदन, आ. ब. २०७७/७८ को लागि लेखा परीक्षकको नियुक्तिलगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न सभा सम्पन्न भएको थियो । कोभिड –१९ को परिस्थितिलाई मध्यनजर गर्दै बैंकले आफ्ना शेयरधनीलाई भर्चुअल माध्यमबाट सहभागिता गराएको थियो ।
सो सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.ब. २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी भएका शेयरधनीहरुले बैंकको बारेमा विभिन्न जिज्ञाशाहरु राखेका थिए ।
सेयरधनीको जिज्ञासाको जवाफ अध्यक्ष रिसाल तथा प्रमुख कार्यकारी अधिकृत नरेश सिहं बोहराले दिएका थिए ।