ई–आर्थिक, काठमाडौं । सुन चाँदीको मूल्यमा उच्च गिरावट भएको छ । आज एकैपटक २ हजार ३ सय रुपैयाँले घटेर ९३ हजारमा झरेको छ ।
यसअघि शुक्रबार तोलाको ९५ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
आज तेजावी सुनको भाउ पनि मूल्य ह्वात्तै घटेको छ । तेजावी सुनको मूल्य पनि २ हजार ३ सयले नै घटेर ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी आज चाँदीको भाउ पनि एकैपटक तोलामा ६० रुपैयाँले घटेको छ । चाँदीको तोलाको ६० रुपैयाँले घटेर १२७० ले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।