२०८३ साउन ९ शनिबार

इन्फ्रास्ट्रक्चर बैंकले नेपालको पूँजी बजारको इतिहासमै सबै भन्दा ठूलोे सार्वजानिक निष्काशन गर्दै, ८ अर्ब बराबरको सेयर माघ दुई गतेदेखि आउने

ई आर्थिक    मंगलबार, पौस २१ २०७७
5.8K
Shares
इन्फ्रास्ट्रक्चर बैंकले नेपालको पूँजी बजारको इतिहासमै सबै भन्दा ठूलोे सार्वजानिक निष्काशन गर्दै, ८ अर्ब बराबरको सेयर माघ दुई गतेदेखि आउने

ई–आर्थिक, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नेपालको पूँजी बजारको इतिहासमै सबै भन्दा ठूलोे ८ अर्ब बराबरको सार्वजनिक निष्काशन गर्ने भएको छ ।

बैंकले यही आउदो माघ २ गतेदेखि सार्वजानिक सेयर निष्काशन गर्न लागेको हो । यो बैंकको सेयरका लागि माघ ६ गतेसम्म भर्न सकिने बैंकको सेयर निष्काशन तथा विक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

यस निष्काशनका लागि यस अघि नै निष्काशन कम्पनी नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई आफ्नो बिक्री प्रबन्धक नियुक्ती गरिसकेको छ ।

यो निष्काशन सम्बन्धी सम्पूर्ण कार्य एनआईबिएल एस क्यापिटल लिमिटेडमार्फत हुन गईरहेको कम्पनीले जानकारी दिएको छ । २० अर्ब चुक्ता पूंजी रहेको यस बैंकको १२ अर्ब संस्थापकहरुबाट चुक्ता भैसकेको छ भने बांकी रकम यसै निष्काशनबाट चुक्ता हुनेछ ।

हाल पुँजी बजारको अवस्थालाई अध्ययन गर्दा यो सार्वजनिक निष्काशनका लागि आवेदन दिने सबै आवेदकहरुको हात खालि नहुने अनुमान गरिएको छ ।

यो निष्काशनलाई लगानीकर्ताले प्रतिफलयुक्त अवसरको रुपमा लिने अनुमान लगाइएको छ । भर्ने सबैजसोलाई पर्ने भएकाले पनि यो सेयर निष्काशन पूर्व चर्चाको शिखरमा पुगेको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्थापना बैंक तथा वित्तिय संस्था, जीवन तथा गैरजीवन बीमा कम्पनी, उद्यमीहरु तथा अन्य निजी क्षेत्रका अग्रणी संस्थाका समूह, तथा नेपाल सरकारको संयुक्त सहभागितामा भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij