ई–आर्थिक, काठमाडौं । कोरोना भाइरस कोभिड–१९ संक्रमण फैलन डरले बन्द नेपालका सिनेमा घरहरु भोलीदेखि खुल्ने भएका छन् ।
सरकारबाट स्वीकृति नपाए पनि व्यवसायीले शुक्रबारबाट हल सञ्चालन गर्ने तयारी गरेका हुन । भोली शुक्रबारदेखि हल सञ्चालन व्यवसायी अहिले हलहरुको सरसफाइ गरिरहेका छन् ।
कोरोना भाइरस पछि धेरै क्षेत्र खुलेपनि स्कूल, पार्टी प्यालेस, सिनेमा घर लगायत केही व्यवसाय मात्र खुल्न सकेका थिएन । लामो समयदेखि नखुलेका हलहरु अन्य उद्योगको जस्तै हल व्यवसायीहरु पनि ठूलो मर्कामा परेका छन् । फिल्म हल नचल्नाले परै चलचित्र क्षेत्र पनि नराम्रोसँग प्रभावित भएको छ ।