२०८३ साउन १२ मंगलबार

युवराज खतिवडा बने अमेरिकाका लागि राजदूतमा नियुक्त

ई आर्थिक    मंगलबार, पौस ७ २०७७
4.6K
Shares
युवराज खतिवडा बने अमेरिकाका लागि राजदूतमा नियुक्त

ई–आर्थिक, काठमाडौं । युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व अर्थमन्त्री खतिवडालाई राजदूतमा नियुक्ति गरेकी विज्ञप्तीमा उल्लेख छ ।

यसअघि मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्री र प्रधानमन्त्रीका आर्थिक सल्लाहकारसमेत रहेका खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो ।

राष्ट्रपतिले संविधानको धारा २८२ बमोजिम सरकारको सिफारिसमा खतिवडालाई अमेरिकाको आवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij