२०८३ साउन १० आइतबार

महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई व्याजदरमा सहुलियत

ई आर्थिक    बिहिबार, पौस २ २०७७
8.6K
Shares
महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई व्याजदरमा सहुलियत

ई–आर्थिक, काठमाडौं । महालक्ष्मी बिकास बैंकले कोभिड १९ का कारण आफ्ना ग्राहकहरुको पेशा, ब्यबसाय तथा उद्योगहरुमा पर्न गएको असरलाई मध्यनजर गर्दै ऋणीहरुलाई राहत प्रदान गर्ने उद्देश्यले नयाँ उत्पादन सार्वजानिक गरेको छ ।

बैंकले नेपाल राष्ट्र बैंकबाट जारी भएको पुनर्कर्जा कार्यविधि अन्तर्गत आवश्यक प्रबन्ध गरी लघु घरेलु तथा साना उद्यम संचालन गरिरहेका १२५० भन्दा बढी ऋणीहरुको ७२ करोड भन्दा बढी कर्जाको ब्याज दर घटाई ५ प्रतिशत कायम गरी सहुलियत प्रदान गरेको हो ।

यसरी पुनर्कर्जा सुबिधाका लागी कोभिड १९ को असर परेका उद्यमीहरुका साथै सामाजिक आर्थिक दृष्टिकोणले पिछडिएका बिपन्न बर्ग,  कृषक तथा महिलाहरुलाई प्राथमिकता दिएको बैंकले जानकारी दिएको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या ५ लाख भन्दा बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij