२०८३ भाद्र ३० मंगलबार

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थामा आकर्षक छूट

ई आर्थिक    मंगलबार, भाद्र १९ २०८०
5.1K
Shares
महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थामा आकर्षक छूट

ई–आर्थिक, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, शृंगार, होटल तथा रेष्टुराँ क्षेत्रका संस्थासँग छूटसम्बन्धी सम्झौता गरेको छ । सम्झौतापश्चात् बैंकका डेबिट, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले उक्त संस्थाका विभिन्न सेवामा छूट प्राप्त गर्ने बताइएको छ ।

सम्झौता अनुसार जनकपुरको नवजीवन हस्पिटल प्रालिका सेवामा २० प्रतिशतसम्म तथा प्याकेजमा रू. २ हजार, हेटौंडाको क्राउन कलेक्सनका सेवामा १० प्रतिशत र भैरहवाको न्यू बिजी बिन्समा १० प्रतिशत छूट पाइने बताइएको छ ।

त्यस्तै मकवानपुरको मनहरीमा रहेको मनहरी हेयर एण्ड ब्यूटी युनिसेक्स सेलुनका सेवाका १० प्रतिशत र काठमाडौंको कोटेश्वरमा रहेको हुक हस्पिटालिटीका सेवामा १० प्रतिशत छूट दिइने बताइएको छ । यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ता प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij