ई–आर्थिक, काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ चावहिल काठमाडौंमा अवस्थित ओम समाज डेन्टल हस्पिटलसँग सम्झौता गरेको छ ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकहरुले ओम समाज डेन्टल हस्पिटलको ओपीडी डक्टर कन्सुलेशन एण्ड चेकअप सेवा निःशुल्क, जेनेरल डेन्टल ट्रिटमेन्ट सेवामा १५ प्रतिशत र ओर्थो थेरापी एण्ड डेन्टल इप्लान्ट ट्रिटमेन्ट सेवामा १० प्रतिशतको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौता पत्रमा अस्पतालका तर्फबाट अध्यक्ष डा. सुभाष घिमिरेले र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले हस्ताक्षर गर्नु भएको हो ।
यस किसिमको सहकार्यबाट दन्त उपचारमा ग्राहकहरुको पहुच बढ्नुका साथै डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु सहज र सुलभ दन्त उपचारबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको जनाएको छ ।