२०८३ साउन १२ मंगलबार

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थामा छूट

ई आर्थिक    बिहिबार, असोज ११ २०८०
7.7K
Shares
महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थामा छूट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, शृंगार र होटल तथा रेष्टुराँ क्षेत्रका विभिन्न संस्थाहरूसँग समन्वय गरी ग्राहकलाई छूट दिने उद्देश्यले सम्झौता गरेको छ । सम्झौतापश्चात् बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताले विभिन्न संस्थाका सेवामा छूट प्राप्त गर्ने बताइएको छ ।

बैंकका ग्राहकले ललितपुर धापाखेलस्थित सुमेरु हस्पिटल प्रालिका सेवामा १५ प्रतिशतसम्म, रूपन्देहीको भैरहवास्थित एशियन बुद्ध होटलका सेवामा २० प्रतिशतसम्म र तनहुँको आँबुखैरेनीस्थित मल्ल फेन्सीमा १० प्रतिशत छूट पाउने बताइएको छ । त्यस्तै मकवानपुरको हेटौंडास्थित श्रीसु ब्युटीपार्लरका सेवामा १० प्रतिशत र काठमाडौंको बाँसबारीस्थित ब्युटीफुल कलेक्सनमा १० प्रतिशतसम्म छूट पाइने बताइएको छ । यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ता प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij