२०८३ साउन १० आइतबार

प्रभु बैंक डिबेञ्चर–२०८७ का लागि निष्काशन तथा विक्री प्रबन्धकमा मेगा क्यापिटल

ई आर्थिक    बिहिबार, मंसिर २५ २०७७
3.9K
Shares
प्रभु बैंक डिबेञ्चर–२०८७ का लागि निष्काशन तथा विक्री प्रबन्धकमा मेगा क्यापिटल

ई–आर्थिक, काठमाडौं । प्रभु बैंक लिमिटेडले रु. १,०००।– अंकित दरको १० वर्षको भुक्तानी अवधिका लागि जारी गर्ने लागेको “प्रभु बैंक डिबेञ्चर–२०८७” निष्काशन गर्ने भएको छ । उक्त डिबेन्चर निष्काशनको लागि बैंकले मेगा क्यापिटल मार्केट्स लिमिटेडसँग संझौता गरेको छ । संझौता अनुसार उक्त डिबेन्चरको निष्काशन तथा विक्री प्रबन्धकको सम्बन्धि कार्य मेगा क्यापिटले गर्नुपर्ने छ । उक्त सम्झौतामा प्रभु बैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र मेगा क्यापिटल मार्केट्सका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झाले हस्ताक्षर गरे ।

प्रभु बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक तीन/तीन महिनामा ब्याज भुक्तानी हुने गरी रु. ४ अर्ब बराबरको “प्रभु बैंक डिबेञ्चर–२०८७” नामक ऋणपत्र सार्वजनिक निष्काशन गर्न लागेको हो । २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट र १ अर्व ६० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

मेगा क्यापिटल मार्केट्स निष्काशन तथा विक्री प्रबन्धकत्वमा निकट भविष्यमा निष्काशन हुन लागेको रु. ४ अर्ब बराबरको “प्रभु बैंक डिबेञ्चर–२०८७” को ट्रष्टीको रुपमा पनि मेगा क्यापिटल मार्केट्स लि. लाई नै नियुक्त गर्ने सम्बन्धी सम्झौता पनि आजै हस्ताक्षर भएको छ । नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भए पश्चात् “प्रभु बैंक डिबेञ्चर–२०८७” सार्वजनिक निष्काशन गरिने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij