२०८३ साउन १२ मंगलबार

चीनको गुइझाओमा फाइभजीका १७ हजार स्टेशन

ई आर्थिक    बिहिबार, मंसिर १८ २०७७
3.2K
Shares
चीनको गुइझाओमा फाइभजीका १७ हजार स्टेशन

गुयाङ : चीनको दक्षिणपश्चिम गुइझाओ प्रान्तमा नोभेम्बर २९ सम्ममा तिब्र गतिको इन्टरनेट सेवा (फाइब–जी) का लागि १६ हजार ८५३ वटा आधारभूत स्टेशन निर्माण गरिएको छ।

स्थानीय अधिकारीहरुले गुइझाओ प्रान्तमा औद्योगिक, पर्यटन, शिक्षा र अन्य क्षेत्रमा तिब्र गतिको फाइब–जी प्रविधि प्रयोग गर्ने लक्ष्यका साथ काम अघि बढेको जनाएका छन्।

प्रान्तको औद्योगिक उत्पादनलाई सघाउन तथा स्मार्ट औद्योगिक पार्क र सरकारी सेवालाई प्रभावकारी तुल्याउन फाइब–जी सेवालाई प्रयोगमा ल्याइने पनि अधिकारीहरुले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij