२०८३ साउन ११ सोमबार

‘प्रचण्डको मुटु मैले राम्रोसँग छामेको छु, दुई दिनपछि कुईकुई गर्दै आइहाल्छन्’ : केपी ओली

ई आर्थिक    बुधबार, कार्तिक १९ २०७७
17.3K
Shares
‘प्रचण्डको मुटु मैले राम्रोसँग छामेको छु, दुई दिनपछि कुईकुई गर्दै आइहाल्छन्’ : केपी ओली

ई–आर्थिक, काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डसंग दुई दिनमै आफूसमक्ष रोइकराई गर्दै आइपुग्ने बिश्वास ब्यक्त गरेका छन् । प्रचण्डको जाने ठाउँ कही नभएको र गर्न सक्ने अबस्था पनि केही नरहेकाले लुरुक्क परेर आफ्नै शरणमा पर्ने ओलीको भनाई छ । पार्टीभित्रको पछिल्लो बिकसित परिस्थितिको बारेमा आफूनिकट नेता, कार्यकर्ताहरुको जिज्ञासा मेटाउँदै अध्यक्ष तथा प्रधानमन्त्री ओलीले त्यस्तो बिश्वास ब्यक्त गरेका हुन । ‘प्रचण्डजी उफ्रेर कतिमाथिसम्म पुग्न सक्छन् ।

उनको उफ्रने जमिन कहाँ हो र उफ्रेर खस्ने कहाँ हो भन्ने मलाई राम्रोसँग थाहा छ ।’ ओलीको भनाई उदृत गर्दै उनी निकट स्रोतले भन्यो ‘त्यसैले पार्टी बिभाजित हुदैन, प्रचण्ड केही दिनमै नौटंकीसाथ यही आउँछन् ।’

आफ्नो हैसियत, बिगतको सहमति र पार्टीपंक्तिको जनभाबनाबिपरित चल्न थालेपछि आफूले प्रचण्डलाई सम्झाउने प्रयास गरेको ओलीको भनाई थियो । ‘उनी कार्यकारी अध्यक्षको बेलुनमा उडेर आफ्नोपन नै बिर्सन थाले । मैले सानो छेस्काले बेलुन फटाली दिएको हुँ ।’ ओलीले भनेका थिए ‘उनी बेलुनबाट जमिनमा खसीसकेका छन् । र, आफूलाई सम्हाल्दैछन् । केही दिनमै यतैतिर आएको तपाईहरुले देख्नुहुनेछ ।’

आफ्नै चाहनामा पार्टीभित्र सहमति जुटाएर उन्लाई कार्यकारी अध्यक्ष बनाएको ओलीको भनाई थियो । कार्यकारी भएपछि प्रचण्डमा महत्वकाँक्षा र दम्भ बढेको ओलीको दाबी छ । कार्यकारी अध्यक्ष बनाएर पार्टी सन्चालनको जिम्मा लगाए पनि परिभाषित जिम्मेवारीतिर प्रचण्डको ध्यानै नगएको ओलीले बताएका थिए । ‘पार्टी काम लथालिङ्ग छ भनेर त्यसलाई सम्हाल्न कार्यकारी अध्यक्ष मैले नै सहमति र पहल गरेर बनाएको हुँ । कार्यकारी भएको यतिका अबधिसम्म उनले पार्टीको काममा ध्यानै दिएनन् ।’ ओलीको भनाई उदृत गर्दै स्रोत भन्छ ‘बरु कार्यकारी भइयो, अब सबै भाग लिनुपर्छ भन्ने मनस्थिति बनाएर बार्गेनिङतिर पो लागे ।’

प्रचण्डले पछिल्लो पटक राजदुतहरुको नियुक्ति र मन्त्रीपरिषद बिस्तारमा चित्त बुझाएका थिएनन् । उनले ओलीसमक्ष हरेक राजनीतिक नियुक्तिहरुमा आफ्नो ४० प्रतिशत हिस्सा हुनुपर्ने माग गरेका थिए । मन्त्रीपरिषदमा पनि ४० प्रतिशत नै भाग पाउनुपर्ने प्रचण्डको दाबी थियो । यसलाई ओलीले ननिको मानिरहेका थिए । प्रचण्डले यसरी ४० प्रतिशत भाग खोजेपछि ओलीले राजदुत र मन्त्रीहरु एकलौटीरुपमा नियुक्ति गरेका थिए । यसले ओली र प्रचण्डबिच दुरी बढाएको थियो । यही बेला कर्णाली प्रदेश प्रकरण आएपछि प्रचण्ड र ओलीको बोलचाल नै बन्द भएको थियो ।

लामो समयपछि गत आइतबार ओलीसँग भएको भेटमा प्रचण्डले पार्टी र सरकार एकलौटी गर्न खोजेको आरोप लगाएका थिए । यस्तो एकलौटी आफूलाई स्वीकार्य नहुने र कमिटिको बैठक राखेर यसबारेमा छलफल गर्नु पर्ने प्रचण्डको कुरा थियो । यसले ओली आक्रोसित बने । जबाफमा अध्यक्ष ओलीले अब कुनै पनि कमिटीको बैठक गर्नुको औचित्य नरहेको भन्दै सल्लाहमै औपचारिक रुपमै अलग भएर काम गरौं भन्ने प्रस्ताव राखेका थिए । तपाईको कुराले अब सँगै अगाडी बढ्न सकिदैन । त्यसैले बैठकको केही काम छैन । म बैठकको निर्णय नै मान्दै मान्दिन । तपाईहरुले बहुमतले निर्णय गरेर के हुन्छ ? तपाईहरुले आफ्नै तर्फबाट बैठक बोलाउनुभयो भने बैठक बोलाउना साथै म ठूलो अर्को एक्सन लिन्छु त्यसको सामना गर्न तपाईहरु तयार हुनुहोस् भनिदिए ।

यो प्रकरणले सत्तारुढ दल नेकपाभित्र ठूलो भूकम्प ल्याएको छ । अब पार्टी बिभाजन हुनसक्ने अड्कलबाजी र चिन्ता गरिएको छ । अबको कदम के हुन्छ भनेर बुझ्न आफूनिकट नेताहरुले ओलीसँग छलफल गरेका थिए । जबाफमा ओलीले पार्टी फुट्ने कति पनि परिस्थिति नरहेको बताएका थिए । प्रचण्डसँग पार्टी बिभाजन गर्नसक्ने कुनै ताकत र मुटु नरहेको ओलीको भनाई थियो । आफ्नो तर्फबाट सापटढंगले कुरा राखिदिएपछि प्रचण्डको कदम हेरिरहेको उनले बताएका थिए । तर प्रचण्डले अब चाल्ने कदम भनेको आफ्नो च्यानल प्रयोग गरेर फेरि आफूसँग नै आत्मसमर्पण गर्ने हो भन्ने पनि ओलीले बिश्वास दिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij