२०८३ साउन १० आइतबार

प्रभु बैंकको रोल्पाको लिवाङमा शाखा कार्यालय सञ्चालन

ई आर्थिक    मंगलबार, कार्तिक ४ २०७७
6.2K
Shares
प्रभु बैंकको रोल्पाको लिवाङमा शाखा कार्यालय सञ्चालन

ई–आर्थिक, काठमाडौं । प्रभु बैंक लिमिटेडले रोल्पाको लिवाङमा शाखा कार्यालय सञ्चालनमा आएको छ । आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सो शाखा सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ । २१० औं उक्त शाखाको उद्घाटन रोल्पा नगरपालिकाका मेयर पुर्ण के. सी. ले गरेका थिए ।

सो शाखा कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथी केसीले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरे । प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना व्यक्त गरे ।

बैंकको लिवाङमा शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने विश्वास लिएको छ । साथै स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा लिवाङ शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने पनि बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij