२०८३ साउन ११ सोमबार

काठमाडौं उपत्यकाका १७ सय ४६ सहित देशभर ३१ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

ई आर्थिक    शनिबार, कार्तिक १ २०७७
2.6K
Shares
काठमाडौं उपत्यकाका १७ सय ४६ सहित देशभर ३१ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

ई-आर्थिक, काठमाडौं। नेपालमा कोरोना भाइरसका ३१ सय ६७ जना संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितसँगै नेपालमा कुल संक्रमित संख्या एक लाख २९ हजार ३०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल ३८ हजार ७३७ जनामा भाइरसको संक्रमण सक्रिय रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १५ हजार ४३८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ३१ सय ६७ जनामा संक्रमणको पुष्टि भएको जनाएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७ सय ४६ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौंमा एक हजार ४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ जना रहेका छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार आठ सय जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । हालसम्म ८९ हजार ८४० संक्रमित निको भएर घर फर्केका छन् ।

त्यसैगरी २४ घण्टामा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ७२७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij