२०८३ साउन ९ शनिबार

सनराइज बैंक र जोन्टा क्लब काठमाडौंबीच अनलाईन शिक्षाको लागि सहकार्य

ई आर्थिक    बुधबार, असोज २८ २०७७
10.5K
Shares
सनराइज बैंक र जोन्टा क्लब काठमाडौंबीच अनलाईन शिक्षाको लागि सहकार्य

ई–आर्थिक, काठमाडौं : कोभिड—१९ लकडाउनमा सार्वजनिक विद्यालयको शिक्षा लगभग रोकिएको छ । जोन्टा क्लब काठमाडौंले यस अवस्थाको बारेमा चिन्तासहित यस्ता विद्यालयमा बालबालिकाहरु विशेष गरी केटीहरूले पीडित हुने हुँदा तथा निजी र सार्वजनिक विद्यालयहरूमा शिक्षामा फराकिलो अन्तर हुने पाइएकोले, विद्यालयमा अनलाइन शिक्षा शुरू गर्न सहयोग पु¥याएको छ । यो पहल नेपालको सब भन्दा पुरानो र ऐतिहासिक विद्यालय, दरबार हाईस्कूलमा शुरू भइरहेको छ ।

सनराइज बैंकले आफ्नो १३ औं वार्षिकोत्सवमा जोन्टा क्लब काठमाडौंको यस पहललाई आंशिक रूपमा लगानी गरेर सहयोग पु¥याएको छ । बैंकबाट प्राप्त भएको रु ३,००,००० को प्रारम्भिक सहयोगले यस विद्यालयका शिक्षकहरुलाई ल्यापटप, डिजिटल साक्षरता र प्रशिक्षण प्रदान गर्ने प्रारम्भिक चरणमा कार्यान्वयन गरिनेछ ।

महिला शिक्षकसँगै पुरुष शिक्षकहरूलाई पनि ल्यापटप र शिक्षा प्रदान गरिनेछ । जोन्टा क्लब काठमाडौं र दरबार हाईस्कूलले सनराइज बैंकको यस योगदानलाई ठूलो सम्मान गर्दछ र बैंकसँग लामो र अर्थपूर्ण सहकार्यको लागि तत्पर रहेको जनाइएको छ ।

जोन्टा क्लब काठमाडौं २०१२ मा जोन्टा इन्टरनेसनलको छाता अन्तर्गत स्थापित भएको थियो । जोन्टाले यस्तो विश्वको कल्पना गरेको छ जहाँ महिलाको अधिकारलाई मानव अधिकारका रूपमा मान्यता दिइएको छ र हरेक महिला आफ्नो पूर्ण क्षमता हासिल गर्न सक्षम छ । यस्तो संसारमा महिलाको सबै स्रोतमा पहुँच छ र पुरुषसँग समान आधारमा निर्णय लिने स्थितिमा प्रतिनिधित्व हुन्छ । यस्तो संसारमा कुनै पनि महिला हिंसाको डरले नबस्ने विज्ञप्तीमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij