ई-आर्थिक, काठमाडौं। मंगलबार नेपालमा कोरोना भाइरसका ३ हजार ५५६ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकामा २ हजार १२९ सहित देशभर ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कुल संक्रमित संख्या एक लाख १५ हजार ३५८ जना पुगेकाे छ । जसमध्ये ३५ हजार ९१५ जनामा सक्रिय रहेका छन् ।
पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा एक हजार हजार ७४६, ललितपुरमा २१६ र भक्तपुरमा १६७ जना संक्रमित देखिएको बताएका हुन् ।
पछिल्लो चौबीस घण्टामा देशैभरिबाट एक हजार ५०३ जना संक्रमित निको भएर घर फर्केका छन् । ७८ हजार ७८० जना कोरोनामुक्त भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १५ हजार ५७७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
त्यस्तै पछिल्लो चौबीस घण्टामा नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६६३ पुगेको छ ।