२०८३ साउन १० आइतबार

देशभर सेवा विस्तारको लक्ष्यसहित छिट्टै खुल्दै ‘नेचर सुपरमार्केट’

ई आर्थिक    आइतबार, असोज २५ २०७७
7K
Shares
देशभर सेवा विस्तारको लक्ष्यसहित छिट्टै खुल्दै ‘नेचर सुपरमार्केट’

ई–आर्थिक, काठमाडौं । व्यावसायिक क्षेत्रमा ३ दशक लामो अनुभव संगालेका व्यवसायीहरुको नेतृत्वमा नेचर सुपरमार्केट प्रालि खुल्ने भएको छ । ‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ दशैं लगत्तै काठमाडौंको मैतीदेवी चोकबाट नेचर सुपरमार्केटको व्यावसायिक सुरुवात हुने प्रालिका अध्यक्ष जनक धामीले जानकारी दिए ।

बजारको माग र आम उपभोक्ताको आवश्यकता अनुसार गुणस्तरीय खाद्यान्न तथा ग्रोसरी सामानहरु उपलब्ध गराइने धामीले बताए । स्थापनाको एक वर्ष भित्रमा काठमाडौं उपत्यकामा १० वटा शाखा विस्तार गरिने उनले जानकारी दिए । ‘आगामी ५ वर्ष भित्र काठमाडौं उपत्यकामा ३० देखि ४० वटा शाखा बिस्तार गर्ने हाम्रो लक्ष्य छ,’ उनले भने, ‘उपत्यकामा रहेका होटल, रेस्टुरेन्ट, होस्टेल, क्याटरिङ, क्यान्टिन, खुद्रा पसल लगायतका क्षेत्रहरुमा सुपथ मूल्यमा सामान उपलब्ध गराउनेछौं ।’

काठमाडौं उपत्यका पछि देशका प्रमुख शहरहरुमा सुपरमार्केटको शाखा विस्तार गर्ने उद्देश्य रहेको धामीले जानकारी दिए । ‘बजार व्यवस्थापन तथा गुणस्तरीय उत्पादन, बिक्री वितरणको लामो अनुभव र अभ्यासको परिणामस्वरुप सशक्त सुपरमार्केटको सुरुवात गर्ने क्रममा नेचर सुपरमार्केट प्रा.लि.को स्थापना भएको हो,’ उनले भने, ‘प्रतिस्पर्धात्मक विश्व बजारमा उपभोक्ताको मागलाई ध्यानमा राख्दै पूर्ण पारिवारिक वातावरणमा गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहनेछौं ।’

सर्वसुलभ र गुणस्तरीय सामानहरु उपभोक्तामाझ पु¥याइने प्रा.लि.का सञ्चालक सदस्य तारामान धामीले बताए । ‘उपभोक्ताको सहजताका लागि होम डेलिभरीको सुविधा उपलब्ध हुन्छ,’ उनले भने, ‘अनलाइनको माध्यमबाट सामान अर्डर तथा भुक्तानी गर्न सकिनेछ ।’ मूल्यमा एकरुपता कायम गर्दै उपभोक्ताको आवश्यकता र माग अनुसार शहरदेखि गाउँसम्म गुणस्तरीय सामानहरु बिक्री वितरण गरिने उनले बताए । सुपथ मूल्यमा दैनिक उपभोग्य तथा ग्रोसरी सामान उपलब्ध गराइ उपभोक्ताको विश्वास जित्न सुपरमार्केट प्रतिबद्ध रहेको प्रवन्धक सुभेक्षा धामीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij