२०८३ साउन ९ शनिबार

कुमारी बैंक लिमिटेडद्वारा निःशुल्क पि.सि.आर. परीक्षण क्याम्प सञ्चालन

ई आर्थिक    बिहिबार, असोज २२ २०७७
4.3K
Shares
कुमारी बैंक लिमिटेडद्वारा निःशुल्क पि.सि.आर. परीक्षण क्याम्प सञ्चालन

ई–आर्थिक, काठमाडौं । कुमारी बैंक लिमिटेडले हाल द्रूत गतिमा बढ्दै गएको कोभिड–१९को संक्रमणसँग जुध्नका लागि काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरी ‘निःशुल्क पि.सि.आर. परीक्षण क्याम्प’ आयोजना गरेको थियो ।

सो क्याम्प यहि असोज १९ गते काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा, २० गते कुमारी बैंकको न्युरोड शाखामा तथा २१ गते कुमारी बैंकको पुतलीसडक शाखामा आयोजना गरेको बैंकले जानकारी दिएको छ । क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई पि.सि. आर. परीक्षण गराउने व्यक्तिको कोरोना संक्रमण भए÷नभएको रिपोर्ट फोनबाट नै जानकारी गराएको छ ।

भाइरसको संक्रमणले नेपालको स्वास्थ्य संरचनालाई अत्यन्तै मर्माहित तुल्याएका कारण यस्तो अवस्थासँग डटेर लड्ने कदम कुमारी बैंकले काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरी चाल्ने प्रयास गरेको हो । आगामी दिनहरूमा पनि यस्तो विषम परिस्थिति सिर्जना भई हामीले पुनः निःशुल्क क्याम्प आयोजना गर्नुपरेमा आफूहरु दत्तचित्त भई लागी पर्ने बैंकका प्रमुख कार्यकारी सुरेन्द्र भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij