२०८३ साउन ९ शनिबार

आईएमई समूहका अध्यक्ष चन्द्र ढकाललाई कोरोना पुष्टि

ई आर्थिक    सोमबार, असोज १२ २०७७
6K
Shares
आईएमई समूहका अध्यक्ष चन्द्र ढकाललाई कोरोना पुष्टि

ई–आर्थिक, काठमाडौं । आईएमई समूहका अध्यक्ष तथा प्रतिष्ठित व्यवसायी चन्द्रप्रसाद ढकाललाई कोरोना भाइरसको संक्रमण संक्रमण भएको छ । आइतबार गरेको स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण देखिएको ढकालले फेसबुकमार्फत जानकारी दिएका छन् ।

कोरोना संक्रमण भएको बारेमा जानकारी दिंदै ढकालले फेसबुकमा लेखेका छन्–‘विश्वमै महामारीका रुपमा रहेको कोभिड १९ को प्रकोप हाम्रो देशमा पनि बढ्दो रुपमा रहेको सबैलाई जानकारी नै छ ।

यस समयमा म आफू पनि जनस्वास्थ्यका मापदण्डहरु पालनाका साथ सतर्कता र सजगता अपनाइरहेको भए पनि हिजो (आइतबार) गरेको स्वास्थ्य जाँचका क्रममा आज बिहान मेरो स्वास्थ्य रिपोर्ट पोजेटिभ देखिएको छ ।’ आफूलाई कोरोना देखिए पनि स्वास्थ्यमा भने कुनै समस्या नभएको उनले जनाएका छन् ।

हाल उनी सामान्य अवस्थामै घरमा सुरक्षित आइसोलेसनमा बसेका छन् । ढकालले केही दिनयता आफ्नो सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउनुहुन पनि फेसबुकबाटै सबैलाई आव्हान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij