२०८३ साउन १० आइतबार

निरन्तर ओरालाेमा सुनकाे मूल्य, बिहीबार पनि १ हजार २ सयले घट्याे

ई आर्थिक    बिहिबार, असोज ८ २०७७
5.1K
Shares
निरन्तर ओरालाेमा सुनकाे मूल्य, बिहीबार पनि १ हजार २ सयले घट्याे

काठमाडौं । पछिल्ला केही दिनयता नेपाली बजारमा पहेँलो धातुको मूल्यमा लगातार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारदेखि सुनको भाउ निरन्तर ओरालो लागेको छ । सोमबार प्रतितोला रु ९७ हजार २०० मा कारोबार भएको छापावाला सुनको मूल्य मङ्गलबार प्रतितोला रु एक हजार ७००, बुधबार रु एक हजार २०० र आज प्रतितोला रु एक हजार २०० ले घटेको छ ।

महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९३ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ६०० तोकेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ८०० कायम भएको थियो । यस्तै बिहीबार चाँदीको मूल्यमा पनि प्रतितोला रु ७० ले गिरावट आएको छ । आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १२० तोकिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij