२०८३ साउन ९ शनिबार

काठमाडाैंमा ६६ पिण्ट रगत सङ्कलन

ई आर्थिक    बुधबार, भाद्र १७ २०७७
7.1K
Shares
काठमाडाैंमा ६६ पिण्ट रगत सङ्कलन

काठमाडौँ, भदौ १७ गते । देशभरि रगतको आपूर्तिमा कमी भइरहेका अवस्थामा आज ६६ व्यक्तिले रक्तदान गर्नुभएको छ । मानव अधिकार तथा शान्ति समाज, नयाँबस्ती युवा क्लब र गोकर्णेश्वर स्वयंसेवी परिचालन समितिले काठमाडौँमा आयोजना गरेको रक्तदान कार्यक्रम बिहान ८ बजेदेखि शुरु भएको थियो ।

कोभिड–१९ का कारण भौतिक दूरी कायम गरेर आवश्यक सजगताका साथ रक्तदानको व्यवस्था मिलाइएको थियो । शान्ति समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीले देशैभरि रगत अभाव भइरहेका अवस्थामा इच्छुक व्यक्तिबाट रगत सङ्कलन गरिएको जानकारी दिनुभयो ।

-रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij