ई–आर्थिक, काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक सातालाई निषेधाज्ञा थपिएको छ। उपत्यकामा कोरोना संक्रमण बढिरहेकोले त्यसलाई नियन्त्रण गर्न काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । आज बसेको संयुक्त बैठकको निर्णय अुनसार अब काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ २४ गतेसम्म कायम रहने छ ।
कोरोना संक्रमण तीव्र रुपमा फैलिएसँगै काठमाडौं उपत्यकामा भदौ ३ को मध्यरातदेखि जारी निषेधाज्ञा बुधवार मध्यराति सकिँदै छ । निरन्तर दुई साता लामो निषेधाज्ञापछि तेस्रो पटक थपिएको समयसीमामा निर्माण सामग्री ढुवानी र होटल, रेष्टुरेण्टको ‘टेक अवे’ सेवालाई भने खुल्ला गरिएको बताइएको छ । अब, भन्सार तिरेका गाडी र मोटरसाईइकल पनि काठमाडौं उपत्यकामा ल्याउन छुट गरिएको छ । स्वास्थ्य मापदण्ड पुरा गरेर कारखाना भित्रै मजदुर राख्नेगरी उद्योग धन्दा संचालन गर्न पाउने निर्णय गरिएको छ ।