२०८३ असोज २ शुक्रबार

यसकारण रोके प्रधानमन्त्री ओलीले कुलमान नियुक्तीको फाइल, अब ज्ञवाली र सिंहमध्ये एक प्राधिकरणको एमडी बन्दै

ई आर्थिक    बुधबार, भाद्र १० २०७७
69.6K
Shares
यसकारण रोके प्रधानमन्त्री ओलीले कुलमान नियुक्तीको फाइल, अब ज्ञवाली र सिंहमध्ये एक प्राधिकरणको एमडी बन्दै

ई–आर्थिक, काठमाडौं । मंगलबार दिँउसो नेपाल बिद्युत प्राधिकरणको कार्यकारी निर्देशक (एमडी) मा कुलमान घिसिङलाई पुनः नियुक्त गरिएको समाचार बाहिरियो । मेची महाकालीका आम जनतामा एकाएक खुसियालीको सन्चार भयो । जनतामा दुई प्रकारको खुसी देखिन्थ्यो ।

पहिलो लोडसेडिङ मुक्त गरेर देश र जनताप्रति साह्ै ठूलो योगदान गरेका घिसिङ्को कामको कदर भयो भन्ने कुराले जनतामा खुसी छाएको थियो । दोस्रो कम्तिमा चार बर्ष फेरि मुलुक अन्धकारमय हुनुपर्दैन भन्ने बिश्वासको खुसी थियो । किनभने प्राधिकरणमा मुकेश काफ्लेजस्ता एमडी भए मुलुकमा ३ हजार मेघावाट बिजुली उत्पादन भए पनि लोडसेडिङ् भइरहन्छ भन्ने जनतामा बिश्वास छ ।

तर यो खुसी धेरै ६ घण्टा पनि टिक्न सकेन । अपरान्ह उर्जा मन्त्रालयले नै बिद्युत प्राधिकरणमा आगामी एमडीका लागि कसैलाई नियुक्त नगरिएको प्रष्टीकरण दिएपछि जनताको खुसी फेरि भुईमै पोखियो । यसले आम बिद्युत उपभोक्ता जनतामा चिन्ता पनि जगाएको छ । कतै उनलाई सरकारले पुनः नियुक्ती नदिने हो कि ! फेरि मुकेश काफ्ले प्रबृत्तिका कुनै बिचौलिया वा दलालले उक्त ठाउँमा अबसर पाउने हो कि ! भन्ने चिन्ता जनतामा देखिरहेको छ । सामाजिक सन्जाल र सन्चार माध्यममा अभिब्यक्त भाबना हेर्ने हो भने ९९ प्रतिशत जनता कुलमानलाई पुनः त्यही स्थानमा नियुक्ती दिनुपर्छ भन्ने छ । बाँकी एक प्रतिशत बिचौलियाको भए पनि केही फरक पर्दैन भन्नेमा देखिन्छन् ।

यद्यपि सरकार भने केही रोटी सेकाइरहेको संकेत गरिरहेको छ । मंगलबारको मन्त्रीपरिषदको बैठकअघिको परिदृश्यको संकेत राम्रो छैन । स्रोतका अनुसार जनदबाब अत्यन्तै पेचिलो भएपछि नेकपाका अध्यक्ष प्रचण्डले उर्जामन्त्री बर्षमान पुनलाई प्राधिकरणको एमडीमा घिसिङ्कै फाइल उठाउन भनेका थिए । तर मन्त्री पुन पनि घिसिङको पक्षमा छैनन् । बिभागीय मन्त्री भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको भित्रि ईच्छा पनि पुनलाई राम्रोसँग थाहा थियो ।

प्रधानमन्त्री ओली भ झन कुलमान ‘क’ पनि सुन्न चाहदैनन् । दुई अध्यक्षको स्वार्थ बाझिएपछि यसैलाई उपयोग गरेर आफ्नोनिकट मान्छेलाई प्राधिकरणमा लैजान मन्त्री पुनले तत्कालै योजना बनाए । यसको लागि अहिले कुलमान घिसिङकै फाइल उठाएर पठाउने मन्त्री पुनको योजना बन्यो । किनभने उक्त फाइल प्रधानमन्त्री ओलीले कुनै हालतमा स्विकृति गर्दैनन् भन्ने मन्त्री पुन प्रष्टै थिए । यसले तीन ओटा चराको शिकार हुने मन्त्री पुनको बुझाइ छ । एउटा अध्यक्ष प्रचण्डको आदेश मानेको पनि हुने, दोस्रो मन्त्री आफू काम गर्ने मान्छे घिसिङकै पक्षमा रहेको सन्देश जाने र तेस्रो त्यो फाईल प्रधानमन्त्रीमार्फत अस्विकृत गराई आफ्नो मान्छेको लागि जमिन तयार पार्ने ।

यही सोचका साथ मन्त्री पुनले घिसिङको फाइल उठाउन सचिब र बिभागीय प्रमुखलाई निर्देशन गरे । मन्त्रालयले फाइल पनि उठायो । त्यसको जानकारी कर्मचारीमार्फत सन्चार माध्यमसम्म पुग्यो । यसरी घिसिङ् फेरि एमडीका लागि सिफारिस भए भनेर जनताले थाहा पाएका थिए । बाहिर आएको हल्ला सही नै थियो । मन्त्रालयका उच्च तहका कर्मचारीमार्फत यो खबर बिद्युत बिकास बिभागका महानिर्देशक नबीन सिंह, प्राधिकरणका पूर्बएमडी मुकेश काफ्ले समक्ष पनि पुग्यो । अध्यारो नेपालका रचनाकार तथा दैनिक १८ घण्टा लोडेसेडिङ्का योजनाकारका रुपमा बद्नाम कमाएका काफ्ले र महानिर्देशक सिंहको उर्जा मन्त्रालयका केही कर्मचारीको हिमचिम निकै अचम्म लाग्दो छ । सिंह र काफ्लेले यो खबर तुरुन्तै बालुवाटारमा पु¥याए । यि दुई पात्रलाई पनि बालुवाटारले घिसिङलाई रुचाउँदैन भन्ने राम्रोसँग जानकारी थियो । यसले प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार बिष्णु रिमाल र प्रेस सल्लाहाकार सूर्य थापामा निकै बेचैनी बढायो । उनीहरुले तत्कालै उक्त सूचना प्रधानमन्त्री केपी ओली समक्ष पु¥याए ।

प्रधानमन्त्री ओलीलाई यो समाचार कति पनि कर्णप्रिय लागेन । उनले तत्कालै उर्जामन्त्री पुनलाई यसबारेमा जानकारी मागे । मन्त्री पुनले घिसिङ्को फाइल उठाएको सही भएको बताए । फाइल उठाउनुअघि आफूसँग सहमति नखोजेको सम्बन्धमा प्रधानमन्त्री ओलीले चित्त दुखाए । प्रचण्डको साथ र समर्थनमा दुबै पद जोगाएका ओलीले प्रचण्डका निकट मन्त्री पुनसँग बिगतजस्तो रबाफ प्रदर्शन भने नगरेको स्रोत बताउँछ । प्रधानमन्त्री ओलीले नम्रै शैलीमा ‘प्राधिकरणमा कसलाई ल्याउने, कसलाई ल्याउदा तपाईलाई काम गर्न सजिलो हुन्छ भन्ने पहिलो अधिकार र जिम्मेवारी तपाईकै हो । फाइल उठाउनु भएछ । तर अहिले त्यसलाई स्थगित गरौं । आपसी सल्लाहमा केही दिनपछि नियुक्ती गरौला । अहिले नै ढिला पनि भएको छैन’ भनेर भनेका थिए । प्रधानमन्त्रीको यही निर्देशनको खोजीमा थिए, मन्त्री पुन । प्रधानमन्त्रीले नै यसो भनेपछि घिसिङको सम्बन्धमा फाइल उठे पनि मंगलबारको बैठकमा पेश नभएको स्रोतको भनाई छ । अब घिसिङको फाइल मन्त्री परिषदमा कहिले नजाने गरी उर्जामन्त्रीले क्लोज गरिसकेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री र उर्जा मन्त्रीका एमडी

प्रधानमन्त्री कुनै पनि हालतमा प्राधिकरणको नयाँ एमडीमा शुसिल ज्ञवालीलाई नियुक्ती गर्न चाहन्छन् । ज्ञवाली महासचिब बिष्णु पौडेलका आफन्त हुन । पौडेलले ओलीलाई भर्खरै साह्ै ठूलो राजनीतिक संकटबाट उकासेका छन् । पौडेलको अभाब हुन्थ्यो त ओलीको एउटा पद सकिसकेको थियो । त्यसैले त्यसको गुण तिर्न पौडेलले प्रस्ताब गरेका ज्ञवालीलाई ओली एमडी बनाउन चाहन्छन् । ज्ञवाली अहिले पुनर्निर्माण प्राधिकरणका प्रमुख छन् । यसअघि लगानी बार्डमा पनि उनी सर्टलिष्टमा परेका थिए । तर उनले अन्तरबार्ता दिएनन् । बिष्णु पौडेलले तपाईलाई बिद्युत प्राधिकरणमा लैजाने हो अन्तरबार्तामा नजानुहोस भनेपछि उनी नगएको उच्च स्रोतको दाबी छ । पौडेलले ज्ञवालीलाई उक्त कुरा बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीकै सामन्ने भनेका थिए ।

उता मन्त्री पुन भने कुनै पनि हालतमा बिद्युत बिकास बिभागका महानिर्देशक नबिन सिंहलाई एमडी बनाउन चाहन्छन् । सिंहले मन्त्री पुनलाई साह्ै खुसी बनाएको स्रोतले जानकारी दिएको छ । सिंह उक्त ठाउँम नियुक्तीको लागि जति पनि रकम खर्च गर्न तयार भएर बसेको स्रोत बताउँछ । मन्त्री पुन यही प्रलोभनमा भएको स्रोतको दाबी छ । सिंह कतिसम्म चलखेल गर्ने ब्यक्ति हुन भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राजनारायण पाठक आयुक्त हुदा उर्जा डेभलपर्सलाई धम्क्याएर ठूलो रकम असुली गरेका थिए । डेपलपर्सलाई दुःख दिदै असुली धन्दा चलाएको पीडितहरु बताउँछन् । त्यतिबेला राजनारायण र उनी दिनरात संगै देखिन्थे । बिभागमा पनि अहिले उनले असुली धन्दा चलिरहेको बताइन्छ । पहिलो पटक कार्यकाल सकेर बिभागबाट सरुवा भएका सिंह त्यसको केही समयपछि नै मन्त्री पुनलाई खुसी बनाएर दोस्रो कार्यकालको लागि त्यही आएका ब्यक्ति हुन ।

मन्त्री पुनले उनलाई एमडी बनाउन प्राधिकरणमा कार्यकारी निर्देशक रिक्त गराउने नीति बनाएका छन् । अब एमडी नियुक्तीको फाइल अघि नै नबढाउने र २९ गतेबाट खाली गर्ने उनको योजना छ । लगत्तै सिंहलाई मन्त्रालयमा लैजाने र उक्त खाली ठाउँमा उन्लाई काजमा लैजाने मन्त्री पुनको तयारी देखिन्छ । यसै गरेर बिगतमा अर्जुन कार्की दुई पटक प्राधिकरणको एमडी बनेका थिए । मन्त्री पुनको यो योजना पनि कार्की मोडेलले चिनिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij