२०८३ साउन ९ शनिबार

स्वास्थ्य संस्थामा फैलिदै कोरोना संक्रमण, काठमाडौंका प्रसुति गृहका ८ जनामा कोरोना भाइरसको संक्रमण

ई आर्थिक    आइतबार, भाद्र ७ २०७७
9.1K
Shares
स्वास्थ्य संस्थामा फैलिदै कोरोना संक्रमण, काठमाडौंका प्रसुति गृहका ८ जनामा कोरोना भाइरसको संक्रमण

ई–आर्थिक, काठमाडौं । देशभरका स्वास्थ्य संस्थामा कोरोना भाइरस फैलिइरहेको छ । मुलुकभरका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण फैलिइरहेको समाचार प्राप्त भएको छ ।

यसैक्रममा थापाथलीस्थित प्रसुती गृहमा कार्यरत तीन आवासीय चिकित्सकसहित ८ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

संक्रमित हुनेमा नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक र सुरक्षा गार्डका साथै अस्पतालमा रहेको बैंकका कर्मचारी छन् । अस्पतालका बिरामीमा भने संक्रमण नदेखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij