२०८३ साउन ९ शनिबार

भदौ १५ सम्म अटो वर्कसपहरु बन्द गर्ने अटोमेकानिक्स व्यवसायी संघको निर्णय

ई आर्थिक    सोमबार, भाद्र १ २०७७
15.3K
Shares
भदौ १५ सम्म अटो वर्कसपहरु बन्द गर्ने अटोमेकानिक्स व्यवसायी संघको निर्णय

ई–आर्थिक, काठमाडौं । गाडी र मोटरसाइकल मर्मत गर्ने अटो वर्कसपहरु भदौ १५ गतेसम्म बन्द हुने भएको छ । कोरोना भाइरस संक्रमणका कारण असुरक्षित बन्दै गएको भन्दै नेपाल अटोमेकानिक्स व्यवसायी संघले सोमबारदेखि बन्द गर्ने जानकारी दिएको हो ।

एम्बुलेन्स, अस्पताल र सुरक्षा निकायका सवारी साधनबाहेक अन्य सवारी साधन मर्मत सम्भारको काम बन्द गरेको संघले सोमबार एक अपिल प्रकाशित गरी जानकारी दिएको हो ।
अत्यावश्यक सेवाका सवारी साधन मर्मत गर्नुपरेमा वर्कसपमा मास्क, पञ्जाको प्रयोग गर्ने, साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गरी सुरक्षित तरिकाले काम गर्न संघले वर्कसप व्यवसायीलाई आग्रह पनि गरेको छ ।

संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले अपिलमा भनेका छन्– ‘आफू र आफ्नो वर्कसपमा काम गर्ने सहयोगी अटो मेकानिक्सलगायत आफ्नो वरिपरिको वातावरण पनि सुरक्षित गराइदिनुहुन अनुरोध गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij