२०८३ साउन ११ सोमबार

कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँ मृत भेटिए

ई आर्थिक    बुधबार, साउन २८ २०७७
4.1K
Shares
कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँ मृत भेटिए

ई–आर्थिक, काठमाडौं : कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँ मृत भेटिएका छन् । दुई दिनदेखि परिवार र कार्यालयसँग सम्पर्कविहीन भएका बानियाँको शब मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित मान्डू जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको हो । उनको शब हाल हेटौंडा अस्पतालमा राखिएको छ ।

बानियाँ सोमबार दिउँसोदेखि परिवार र पत्रिकाको कार्यालयबाट सम्पर्कविहीन भएका थिए ।

पछिल्लोपटक उनी राजधानीको बल्खुचोकमा सोमबार करिब पौने चार बजे देखापरेको प्रहरीले जानकारी दिएको छ । बल्खुमा प्रहरीको गस्ती टोलीले सोमबार दिउँसो देखेपछि उनलाई सोधपुछ गरिएको पनि प्रहरीले जानकारी दिएको छ । त्यसपछि उनी घर जाने भन्दै बल्खु खोलाको पुलमुनि गएको देखिएको प्रहरीको भनाई छ ।

एसएसपी थापाका अनुसार बानियाँ पुलमुनि जाँदै गर्दा उनको जुत्ता हिलोमा अड्किएको र त्यसपछि खोलाको पानीमा लडेपछि स्थानीयले उद्धार गर्ने प्रयास गरेको बताइएको छ । तर पानीको अत्याधिक वहाबले गर्दा उद्धार गर्न नसकेको स्थानीयले जानकारी दिएका छन् । त्यसबेला भने बानियाँको पहिचान खुल्न नसकेको समेत स्थानीयलाई उदृत गर्दै प्रहरीले बताएको छ ।

नागरिक दैनिकमा समेत आबद्ध रहिसकेका बानियाँ पछिल्लोपटक एक दशकभन्दा अघिदेखि कान्तिपुरमा कार्यरत थिए । बानियाँका श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij