२०८३ साउन १२ मंगलबार

ह्वाइट हाउस बाहिर गोली चलेको ट्रम्पको दाबी

ई आर्थिक    मंगलबार, साउन २७ २०७७
4.7K
Shares
ह्वाइट हाउस बाहिर गोली चलेको ट्रम्पको दाबी

ई–आर्थिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउस बाहिर कसैलाई गोली हानिएको बताएका छन् । एउटा पत्रकार सम्मेलन अचानक छाडेलगत्तै उनले यस्तो बताएका हुन् । उनले ह्वाइट हाउसमै सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिइरहेका थिए ।

पत्रकार सम्मेलनको बीचमै उनका सुरक्षाकर्मीले उनलाई केही जानकारी दिएपछि ट्रम्पले पत्रकार सम्मेलन छाडेर भित्र गएका थिए । तर भित्र गएर आएपछि उनले उक्त सम्मेलन जारी राखे र भने, ‘स्थिति नियन्त्रणमा छ ।’

उनले पत्रकारहरूसँग आफूलाई अमेरिकी सिक्रेट सर्भिसका मानिसहरूले कुनै हतियारधारी सन्दिग्धलाई गोली हानेको जस्तो लागेको बताए । उनका अनुसार उक्त घटनापछि कसैलाई अस्पताल लगिएको छ ।

ट्रम्पले यो असामान्य स्थिति भए पनि सिक्रेट सर्भिसको व्यावसायिक ढङ्गले गर्ने कामको प्रशंसा

गरे ।

ट्रम्प

पत्रकार सम्मेलनको बीचमै ट्रम्पलाई जानकारी दिँदै अमेरिकी सिक्रेट सर्भिसका एजेन्ट

पत्रकार सम्मेलन छाडेको नौ मिनेटपछि ट्रम्प पुनः सम्मेलनस्थल फर्केका थिए । उक्त घटना उनीप्रति लक्षित भए वा नभएको बारे आफूलाई जानकारी नभएको ट्रम्पले बताए ।

अमेरिकी सिक्रेट सर्भिसले पनि एक अधिकारी उक्त घटनामा सामेल भएको र कानुन कार्यान्वयन गर्ने अधिकारीहरू घटनास्थलमा हरेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij