ई-आर्थिक, काठमाडौं। गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ । टाउको भने तीन सय मिटर टाढा जेब्रा झोलामा भेटिएको छ ।
टोखा नगरपालिका–१० स्थित सडक किनारामा राखिएको सुटकेशबाट रगत बगेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । काठमाडौं उपत्यकामा कार्यरत प्रहरीका उच्च अधिकारी र फरेन्सिक डाक्टरको टोली घटनास्थल पुगेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ। घटनास्थलमा तालिम प्राप्त कुुकुरको प्रयोग गरिएको छ । मृतक अन्दाजी ४० देखि ४५ वर्ष उमेर समूहका पुरुष रहेका छन् । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ ।
गत २०७२ मा काठमाडौंको कोटेश्वरस्थित मनहरा खोलामा पनि सुटकेशमा राखिएको अवस्थामा शव फेला परेको थियो । प्रहरीले सो हत्यामा संलग्न ब्यक्तिलाई अझै कानुनी दायरामा ल्याउन सकेको छैन ।