२०८३ साउन ९ शनिबार

चितुवाको आक्रमणबाट बालकको मृत्यु

ई आर्थिक    बिहिबार, साउन २२ २०७७
5K
Shares
चितुवाको आक्रमणबाट बालकको मृत्यु

तनहुँ, साउन २२ गते । तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–२ थप्रेकका विष्णुबहादुर राना र कृष्णबहादुर रानाको डेढ वर्षको छोरा नारायण रानाको मृत्यु भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

आफ्नै घरको आगनमा खेली रहेको बेला मङ्गलबार साँझ चितुवाले आक्रमण गरी लगेको बुधबार राती घर नजिककै जङ्गलमा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रमुख जगदिश रेग्मीले जानकारी दिनुभयो ।

प्रहरी र स्थानीय बासिन्दाले खोजी गर्ने क्रममा बालकको हात र टाउको मात्रै भेटिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो । तनहुँमा चितुवा आतङ्क रोक्न सकिएको छैन । दुई वर्षको अवधिमा चितुवाको आक्रमणबाट १० बालबालिकाको ज्यान गएको छ भने आठ जना घाइते भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

-रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij