२०८३ साउन ९ शनिबार

एकैदिन तीन बालिकासहित ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि !

ई आर्थिक    मंगलबार, साउन १३ २०७७
3.7K
Shares
एकैदिन तीन बालिकासहित ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि !

धनगढी, साउन १३ गते । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एकैदिन तीन बालिकासहित ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १३४ नमूना परीक्षण गर्दा ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कैलालीको गोदावरी नगरपालिकामा सात महिलासहित १८ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी, डोटीको सायल गाउँपालिकाका छ जना महिलासहित १९ जनाको स्वाब रिपोर्ट पोजेटिभ आएको छ । सो गाउँपालिकामा सात महिना र तीन वर्षको बालिकालाई पनि कोरोना लागेको अस्पतालले जानकारी दिएको छ ।

यस्तै, डोटीकै आदर्श गाउँपालिकाका चार जना र कञ्चनपुरको बेलौरी नगरपालिकाकी एक दुई वर्षीया बालिका कोरोना सङ्क्रमित भएका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार सुदूरपश्चिमभरि सङ्क्रमितको सङ्ख्या चार हजार १४५ पुगेको छ । उपचारपछि दुई हजार ८१९ जना घर फिर्ता भइसकेका छन् । यो प्रदेशमा कोरोना भाइरसको कारण नौ जनाको ज्यान गएको पुष्टि भएको छ ।

-रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij