२०८३ साउन ९ शनिबार

पार्किङका सवारीबाट धनमाल चोरी गर्ने युवक ४२ वटा नक्कली चाबीसहित पक्राउ

ई आर्थिक    आइतबार, साउन ११ २०७७
7.1K
Shares
पार्किङका सवारीबाट धनमाल चोरी गर्ने युवक ४२ वटा नक्कली चाबीसहित पक्राउ

ई–आर्थिक, काठमाडौं । संसद भवन नयाँबानेश्वर अगाडि पार्किङ गरेर राखेको स्कुटरको डिकीबाट पैसा चोर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत बानेश्वरको टोलीले झापाका ४८ बर्षिय सोभित कार्कीलाई कार, स्कुटी र मोटरसाइकलका ४२ वटा नक्कली चाबीसहित आइतबार विहान पक्राउ गरेको हो ।

पछिल्लो समय नयाँ बानेश्वरको आन्तारिक राजश्व कार्यालय अगाडि एक स्कुटीको डिकीबाट पैसा चोरी भएको उजुरी परेपछि सीसीटीभी फुटेजका आधारमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी नयाँ बानेश्वरले जनाएको छ। त्यो उजुरी पूर्व एआईजीका छोरा र एक महिलाको थियो ।

चोरीमा संलग्नलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी दक्ष कुमार बस्नेतले जानकारी दिए ।

उनी केही समयदेखि बानेश्वर एरियामा पार्किङ गरिएका सवारीबाट पैसा चोर्ने धन्दामा सक्रिय रहेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij