२०८३ साउन ११ सोमबार

नेपालमा कोरोना : थप १३३ जना नयाँ संक्रमित थपिए, कुल १८ हजार ३७४

ई आर्थिक    शुक्रबार, साउन ९ २०७७
6.8K
Shares
नेपालमा कोरोना : थप १३३ जना नयाँ संक्रमित थपिए, कुल १८ हजार ३७४

ई–आर्थिक, काठमाडौं । नेपालमा कोरोनाका १३३ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ९८७ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा १३३ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा नेपालमा पछिल्लो चौबीस घण्टामा थपिएका नयाँ संक्रमितसँगै कुल संक्रमितको संख्या १८ हजार ३७४ पुगेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हाल पाँच हजार ३८३ जनामा कोभिड–१९ को सङ्क्रमण सक्रिय रहेको छ ।

त्यस्तै आज संक्रमित हुनेमा काठमाडौं १०, कास्की ५, लमजुङ ३, बागलुङ १, तनहुँ १, बाँके २, बर्दिया २, दाङ ४, नवलपरासी पूर्व ४, रुपन्देही ४, जाजरकोट १, कालीकोट २, दैलेख ८, कैलाली ८, धनकुटा १, सुनसरी ५, झापा २५, मोरङ १, सप्तरी ७, मोरङ १, बारा १, सर्लाही २, पर्सा ३०, धनुषा १, पर्सा १, चितवन २, उदयपुर १ जना रहेका छन्।

मन्त्रालयका अनुसार हाल क्वारेन्टिनमा १९ हजार ४४४ जना रहेका छन् । पछिल्लो चौबीस घण्टामा १०७ डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुनेको संख्या १२ हजार ९४७ पुगेको छ ।

यस्तै नेपालमा थप एक जना काेराेना संक्रमितकाे निधन भएकाे छ । निधन हुने वीरगञ्ज ११, त्रीपुरा रानीघाटकी ८५ वर्षकी वृद्ध हुन् । याेसँगै नेपालमा हालसम्म ४४ जना काेराेना संक्रमितकाे निधन भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij