२०८३ साउन ९ शनिबार

म्याग्दीका पहिरो पीडितलाई एनआइबीएलको सहयोग

ई आर्थिक    मंगलबार, साउन ६ २०७७
3.4K
Shares
म्याग्दीका पहिरो पीडितलाई एनआइबीएलको सहयोग

ई–आर्थिक, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले भारी वर्षाको कारण म्याग्दी जिल्लामा लगातार गइरहेको पहिरोबाट गम्भीर पीडित नागरिकहरूलाई सहयोग गरेको छ ।

बैंकले आफ्नोसामाजिक उत्तरदायित्व कार्यक्रम (सीएसआर)अन्तर्गत बैंकको गण्डकी प्रदेशका प्रबन्धक बिभु श्रेष्ठ र पोखरा शाखा प्रबन्धक धीरज थापाद्वारा जिल्ला समन्वय समितिका व्यवस्थापक देवेन्द्रबहादुर केसी र प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई २० वटा पाल (टेन्ट) र १०० वटा कम्बल प्रदान गरेका छन् ।

बैंकले उपलब्ध गराएका पालहरूमा पीडितले आश्रय लिन सक्ने भएकाले तत्कालका लागि अत्यावश्यक पाल सहयोग गरेको बैंकले जनाएको छ । पहिरोका कारण विस्थापित हुनेको संख्या सयौं पुगेसँगै बैंकले पुनर्निर्माण र राहत कार्यमा योगदान दिनुपर्ने देखेर यो सहयोगको हात बढाएको जनाएको छ । पहिरो पीडितहरूलाई सहयोग पु¥याउने बैंक तथा वित्तीय संस्थाहरूमध्ये एनआइबीएल पहिलो संस्था भएको बैंकको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij