ई–आर्थिक, काठमाडौं । वर्तमान महामारीलाई मध्यनजर गर्दै, नबिल बैंकले सम्पूर्ण ऋणी ग्राहकहरुको आवश्यकतालाई सहज पार्ने उद्देश्यले “३६औं वार्षिकोत्सव योजना” ल्याएको छ ।
उक्त योजना अन्तर्गत, बैंकले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला ब्यवसाय कर्जामा विशेष व्याज छुट दिने जनाएको छ ।
जस अन्तर्गत:
घर कर्जामा: ७.९९%
धितो कर्जामा: ८.४९%
व्यक्तिगत ओभरड्राफ्टमा: ८.४९%
साना तथा मझौला कर्जामा: ७.९९%
सिमित समयको लागि बैंकले ल्याएको विशेष छुट वार्षिकोत्सव योजनाको प्रक्रिया सबै शाखाहरुबाट अगाडी बढाउन सकिनेछ । यस योजनाबाट रिटेल र साना तथा मझौला ब्यवसायका ग्राहकहरुलाई केहि सहायता पुग्ने बैंकले विश्वास गरेको जनाएको छ ।
सन् १९८४ देखि समायनुकुल सेवा प्रदान गर्दै आएको उक्त बैंकको ११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको बैंकले जनाएको छ।