२०८३ साउन ९ शनिबार

‘बिटक्वाइन काण्ड’मा थुप्रै अर्बपति, बराक ओबामादेखि बिल गेट्ससहितका हाइ प्रोफाइलको ट्विटर एकाउन्ट ह्याकरको कब्जामा

ई आर्थिक    बिहिबार, साउन १ २०७७
6.3K
Shares
‘बिटक्वाइन काण्ड’मा थुप्रै अर्बपति, बराक ओबामादेखि बिल गेट्ससहितका हाइ प्रोफाइलको ट्विटर एकाउन्ट ह्याकरको कब्जामा

ई-आर्थिक, काठमाडौँ । बिटक्वाइन काण्डको झल्को आउनेगरी एउटा ठूलो सङ्गठित साइबर हमलामा चर्चित हाइप्रोफाइल व्यक्तिहरू एवं कम्पनीका ट्विटर खाताहरू ह्याक गरिएका छन्।

हमलाबाट प्रभावित हुनेमा पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्दवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लुमवर्ग, र्‍यापर कानिय वेस्ट लगायत छन्।

उबर र एपलजस्ता संस्थाहरू समेत हमलामा परेका छन्। हमलाकारीले निशानामा पारेर दुरूपयोग गरेका यी सबै ट्विटर खातालाई दशौँलाखले पछ्याएका छन्।

ह्याकरले के गरे?
ओबामा, बाइडन र वेस्टका खातामा झुटा ट्विटहरू राख्दै मानिसहरूलाई एक हजार डलरको क्रिप्टोकरेन्सी चन्दास्वरूप पठाउन भनिएको थियो।

“मलाई सबैले अरूलाई दिन आग्रह गर्ने गरेका छन्, र अहिले त्यो समय आएको छ,” बिल गेट्सको ट्विटर खातामा राखिएको झुटा ट्वीटमा लेखिएको थियो, “१,००० डलर पठाउनुस्, म तपाईँलाई २,००० डलर पठाउँछु।”

सो बिटक्वाइन खातामा अहिलेसम्म १ लाख डलर जम्मा भएको बताइएको छ।

टेस्ला र स्पेश एक्स कम्पनीका प्रमुख एलन मस्कको आधिकारिक ट्विटरमा ‘आउँदा केही घन्टामा’ दिइएको डिजिटल वालेटको ठेगानामा पठाइने जतिपनि बिटक्वाइनको भुक्तानी दोबर हुने लेखिएको थियो।

“कोभिड-१९ का कारण म उदार भइरहेको छु,” बिटक्वाइनको ठेगाना राखिएको लिङ्कसहित उक्त ट्विटमा थप लेखिएको थियो।

ती ट्विटहरू पोष्ट भएको केहीबेरमा हटाइएका थिए। निलो ‘टिकमार्क’ सहितका ती सबै प्रमाणित ट्विटर खाताहरूलाई अहिले थप ट्विट गर्नबाट रोकिएको छ। विवरणहरूका अनुसार तिनमा यतिखेर पासवर्ड फेर्ने अनुरोधले समेत काम गरिराखेको छैन।

यसले ट्विटरकै समस्या समेत देखाएको बताइएको छ। ट्विटरले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

-बीबीसी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij