२०८३ साउन ९ शनिबार

नबिल बैंक र हुवावे बिच रणनैतिक साझेदारी सम्झौता

ई आर्थिक    बिहिबार, असार २५ २०७७
6K
Shares
नबिल बैंक र हुवावे बिच रणनैतिक साझेदारी सम्झौता

काठमाडौँ, असार २५ गते  । नबिल बैंकले हुवावे टेक्नोलोजिज्सँग रणनीतिक साझेदारी गर्ने भएको छ।

बैंकले आज एक कार्यक्रमका बिच हुवावेसँग रणनैतिक साझेदारीको समझदारी पत्रमा हस्ताक्षर गरेको छ । उक्त समझदारी पत्रमा नबिलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह तथा हुवावे टेक्नलोजीज् नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डेङ चुगेनले हस्ताक्षर गरे ।

नबिल बैंकका प्रमुख कार्याकारी अधिकृत अनिल केशरी शाहले हुवावे जस्तो विश्वविख्यात सूचना प्रविधि सेवा प्रदायक कम्पनीसँग सहकार्य गर्न पाएकोमा उत्साह व्यक्त गर्दै यो रणनैतिक महत्वको सहकार्यले नबिल बैंकको ग्राहक केन्द्रित बन्ने अठोटलाई सशक्त रुपमा कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

हुवावेले विश्वका सैयौं संस्थाहरुको प्रविधिमा आधारित व्यवसायिक रुपान्तरणको प्रकृयामा सहभागी भई शाहलेको व्यवसायिक अनुभवबाट सिकेर आफ्नो रुपान्तरणको यात्रालाई गतिशील तथा सशक्त बनाउँदै नेपाली ग्राहकवर्गलाई अतुलनीय सेवा अनुभवहरु सिर्जना गर्दै जाने अठोट व्यक्त गरे ।

कार्यक्रमा बोल्दै हुवावे टेक्नलोजीज् नेपालका प्रतिनिधिले हुवावेको क्लाउड प्रविधि, आर्टिफिशियल इन्टेलिजेन्स तथा मशीन लर्निङ प्रविधि, क्लाउडमा आधारित भिडियो कन्फरेन्सिङ प्रणाली, वाइफाइ लगायतका सूचना प्रविधिको उच्चतम प्रयोगबाट नबिल बैंकले आफ्नो प्रविधिमा आधारित परिवर्तनको प्रकृयालाई आन्तरिक संचालन दक्षता तथा ग्राहक सेवा प्रभावकारिता बढाउँदै अझ सशक्त तथा तीव्र बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

साथै हुवावेले वीत्तिय क्षेत्रलाई सेवा दिने टीम, क्लाउड सेवा दिने टीम तथा हुवावे नेपालको टीमको संयुक्त प्रयासबाट प्रविधि साझेदारको भूमिकामाफर्त बैंकलाई ग्राहकलाई सजिलो, सुरक्षित, भरपर्दो तथा स्मार्ट सेवाहरु प्रदान गर्न सशक्त बनाई दुई कम्पनी बीचको सहकार्य र आपसी विश्वासको सम्बन्धलाई नयााँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

सोही कार्यत्रममार्फत हुवावेका प्रतिनीधिले हाल विश्वका ५०० उत्कृष्ठ कम्पनीहरु मध्ये २२८ तथा उत्कृष्ठ १०० मध्ये ५८ कम्पनीहरुको प्रविधिमा आधारित परिवतर्नका प्रकृयामा विश्वसनीय सहयात्रीको भूमिका निर्वाह गरिरहेका जनाकारी गराए । साथै हुवावेले डेटामा आधरित सेवा, खुला बैंकिङ अवधारणा, एन्ड टु एन्ड डिजिटल कनेक्टिभिटी उच्च प्राविधिक सेवाहरु मार्फत आफ्ना विश्वव्यापी ग्राहकहरुलाई सबलिकरण गरिरहेको जानकारी गराए ।

हाल विश्व भरी १६०० भन्दा बढी वित्तीय संस्थाहरु हुवावेका ग्राहक छन् जस मध्ये उत्कृष्ठ ४५ संस्थाहरु सर्वोत्कृष्ठ १०० मा पर्छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij