२०८३ साउन ९ शनिबार

कक्षा ११ को बोर्ड परीक्षा पनि नहुने, आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र दिइने

ई आर्थिक    आइतबार, असार २१ २०७७
9.9K
Shares
कक्षा ११ को बोर्ड परीक्षा पनि नहुने, आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र दिइने

ई–आर्थिक, काठमाडौं : कोरोना भाइरस कोभिड–१९ का कारण यसबर्ष सबैभन्दा बढी शैक्षिक क्षेत्र अस्तव्यस्त बनेको छ । उक्त भाइरसको संक्रमणबाट बच्न सरकारले लामा समय लकडाउनसँगै सम्पूर्ण पठन पाठन बन्द भएको छ ।

परीक्षाको मुखैमा आएर एसईई रोकियो । कोरोना भाइरस संक्रमणको त्रास लम्बिदै जाँदा यस वर्षको कक्षा ११ को बोर्ड परीक्षा समेत नहुने भएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिन निर्णय गरेको छ ।

विद्यार्थीको आन्तरिक मूल्याङ्कन के कसरी गर्ने भन्ने विषयमा कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवारी दिइएको बोर्ड स्रोतले जानकारी दिएको छ । यसअघि कक्षा ११ को परीक्षा पनि बोर्डले नै सञ्चालन गर्ने गर्दथ्यो ।

पाठ्यक्रम विकास केन्द्र स्रोतका अनुसार कोरोना संक्रमणका कारण बोर्डले लिने परीक्षा यसपटकलाई रद्ध गर्ने निर्णय गरिएको जानकारी थियो ।

बोर्डले कार्यविधि बनाएपछि सम्बन्धित विद्यालयले विद्यार्थीलाई अंक प्रदान गर्ने प्रावधान बनाइने भएको छ । त्यसैका आधारमा विद्यार्थीहरुलाई प्रमाणपत्र दिइने भएको छ ।

कक्षा १० मा अर्थात एसईई पनि आन्तरिक मूल्याङ्कनको आधारमा विद्यालयले अंक दिने, शिक्षा विकास तथा समन्वय इकाईले सिफारिस गर्ने र बोर्डले प्रमाणित गरी प्रमाणपत्र दिने व्यवस्था गरिएको छ ।

त्यसैगरी कक्षा ११ को पनि बोर्डले नै कार्यविधि बनाउने भनिएको छ । यसपटकलाई मात्र यस्तो निर्णय गरेको भएपनि अर्को पटकलाई के कसरी गर्ने भन्ने विषयमा पछि नै निर्णय हुने बताइएको छ । शिक्षा मन्त्री अध्यक्ष रहने परिषद्ले उक्त निर्णय गरेको हो ।

कक्षा ११ को परीक्षा दिएपछि विद्यार्थी स्वतः १२ कक्षामा पढ्न पाउने व्यवस्था अहिले पनि छ । ११ को नतिजा कुरिराख्नु पर्दैन । तर कक्षा १२ को विषयमा भने अहिलेसम्म कुनै पनि निर्णय भएको छैन । १२ कक्षा विद्यालय तहको अन्तिम कक्षा भएकाले अनुकुल समयमा बोर्ड परीक्षा नै सञ्चालन गरिने सोचमा शिक्षा मन्त्रालय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij