२०८३ साउन ९ शनिबार

नेपाली ई–कमर्स ‘स्मार्टडोको’मा आइएमएस ग्रुपको लगानी

ई आर्थिक    मंगलबार, असार १६ २०७७
5.1K
Shares
नेपाली ई–कमर्स ‘स्मार्टडोको’मा आइएमएस ग्रुपको लगानी

ई–आर्थिक, काठमाडौं : मोवाइल, अटोमोवाइललगायत करिब दुई दर्जनको हाराहारीमा लगानी रहेको आइएमएस ग्रुपले स्मार्टडोकोमा समेत लगानी गरेको छ ।
स्टार्मडोकोसँग पर्याप्त हिस्सेदारी हासिल गर्नेबारे हालै सम्झौता सम्पन्न गरेको छ ।

स्मार्टडोको नेपालको सबैभन्दा ठूलो ई–कमर्स प्लेटफर्म हो । कम्पनीले विगत चार वर्षदेखि अधिकृत कम्पनीहरूबाट केवल जेनुइन सामानहरू अर्डर गर्न र केही घण्टामै ग्राहकको ढोकामा पुर्याउन सहज सुविधा प्रदान गर्दै नेपाली बजारमा काम गरिरहेको छ ।

यस कम्पनीको सुविधाहरुः जस्तै रिंगरोड भित्र निःशुल्क डेलिभरी, रिवार्ड पोइन्ट सिस्टम, स्मार्टडोको एक्सक्लूसिभ उत्पादनहरू, सजिलो रिटर्न पोलिसी, छुट कुपन, बहु भुक्तानी विकल्प, आदि हुन् जसका कारण स्मार्टडोको सबैभन्दा मन पर्ने अनलाइन साइटहरू मध्ये एक मानिन्छ ।

आइएमएस ग्रुप अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्राले नयाँ युग डिजिटल हुँदै गइरहेको साथसाथै स्मार्टफोन र अनलाइन क्षेत्रमा तिब्र गतिले विश्वव्यापी ई–कमर्समा ठूलो वृद्धि देखिएको र त्यसैले आईएमएस ग्रुपले स्मार्टडोकोमा थप रुपमा लगानी गर्ने निर्णय गरेको बताए ।

उनले भने, ‘सम्पूर्ण विश्व महामारीको चपेटामा परिरहेको बेला ग्राहकहरु आक्रामक रूपमा अनलाइन शपिङको प्रयोग गरिरहेको अवस्थामा हामीले निकट भविष्यमा ई–कमर्सको व्यवसाय फस्टाउँदै गई रहेका देख्छौं । तसर्थ, कम्पनीले हालको आवश्यकताहरू सम्बोधन गर्न र डिजिटल वल्र्डको साथ जारी राख्न एक क्लिक समाधान प्रदान गर्नका लागि स्मार्टडोकोमा लगानी गर्ने निर्णय गरेको छ ।’

आइएमएस ग्रुप नेपालको एक प्रतिष्ठित व्यवसायिक घराना हो । जसअन्तर्गत २० भन्दा बढी कम्पनीहरु छन् । आइएमएस नेपालमा सामसङ स्मार्टफोनको राष्ट्रिय वितरक हो । सन् १९९८ मा आधिकारिक रूपमा मोबाइल फोन आयात गर्ने यो नेपालको पहिलो कम्पनी हो ।

कम्पनीले विगत २८बर्षमा विशाल उन्नती गरेको छ, जुन आइएमएस ग्रुपको कम्पनीहरूको संख्याबाट स्पष्टसँग देख्न सकिन्छ । कम्पनीले लक्जरी कोरियाली अटोमोबाइल ब्राण्ड साङ्योङ्गको डिलरसिप पनि प्राप्त गरेको छ । हालसालै नेपालका लागि डक्टर ब्राउन, क्रेन, हिमालय, बीबी लभ, ड्रिम बेबिएनर्जाइजर र डीजीआई जस्ता अन्तर्राष्ट्रिय ब्राण्डहरूको डिलरशिप पनि प्राप्त गरेको छ । यसले शिक्षा, बैंकिङ्ग, निर्माण, कृषि र अन्य धेरैमा आफ्ना सेवाहरू विस्तार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij