२०८३ साउन १० आइतबार

कराचीस्थित स्टक एक्स्जेन्जमा गोली चल्यो, ‘केही आक्रमणकारी र अन्य व्यक्तिको मृत्यु’

ई आर्थिक    सोमबार, असार १५ २०७७
12.9K
Shares
कराचीस्थित स्टक एक्स्जेन्जमा गोली चल्यो, ‘केही आक्रमणकारी र अन्य व्यक्तिको मृत्यु’

ई–आर्थिक, काठमाडौं । कराचीस्थित पाकिस्तान स्टक एक्स्चेन्जको भवनमा बन्दुकधारीहरूले आक्रमण गर्दा कम्तीमा दुई जनाको मृत्यु भएको र केही अन्य घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मूलढोकामा ग्रिनेड विस्फोट गराएर ती आक्रमणकारीहरू भवनमा प्रवेश गरेको बताइएको छ।

समाचारहरूमा प्रहरीलाई उद्धृत गर्दै केही आक्रमणकारीहरू मारिएको र घटनास्थलमा कारबाही जारी रहेको बताइएको छ । तर उक्त घटनामा कति आक्रमणकारी संलग्न थिए र उनीहरू को हुन् भन्ने स्पष्ट भइसकेको छैन ।

पाकिस्तान स्टक एक्सचेन्जले एउटा वक्तव्यमा घटना टुङ्गिन बाँकी भएको जनाएका छन् । त्यसका निर्देशक अविद अलि हबिबले कार पार्किङबाट आक्रमणकारीहरू प्रवेश गरेका र उनीहरूले ‘सबैमाथि गोली चलाएको’ बताएका छन् । जियो टीभीले भवनको पछाडिको ढोकाबाट मानिसहरूलाई उद्धार गरिएको बताएको बीबीसीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij