ई–आर्थिक, काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १ करोड ११ लाख ११७ पुगेको छ । कोरोना भाइरस सम्बन्धि अपडेट गर्ने बेवसाइड वल्र्डोमिटरका अनुसार अहिलेसम्म दुई सय १५ देश र दुई अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिँदा कोरोना संक्रमण हुनेको सो डरलाग्दो तथ्यांक आएको हो । त्यस्तै कोरोना संक्रमणकै कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख १ हजार ८७८ पुगेको छ । कोरोना जित्नेको संख्या भने ५४ लाख बढी रहेको छ ।
अहिलेसम्म सबैभन्दा बढी अमेरिकामा २५ लाख ९६ हजार ७७१ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ मात्र मृत्यु हुनेको संख्या एक लाख २८ हजार १५२ पुगेको छ ।
त्यसैगरी ब्राजिलमा १३ लाख १५ हजार ९४१ जनामा संक्रमण पुष्टि हुँदा मृत्यु हुनेको संख्या ५७ हजार १०३ छ । त्यसैगरी रुसमा ६ लाख ३४ हजार ४३७ जनामा संक्रमण पुष्टि हुँदा नौ हजार ७३ जनाले ज्यान गुमाएका छन् ।
पहिलो पटक कोरोना पुष्टि भएको देश चीनले भने संक्रमणको दर घटाएको छ । अहिले चीन संक्रमण सबैभन्दा फैलिएका देशमध्ये २२ औं नम्बरमा छ । त्यहाँ पछिल्लो २४ घण्टामा १७ जनामा मात्र संक्रमण पुष्टि भएको छ । ३ हजार ५०० जनामा संक्रमण पुष्टि हुँदा चीनमा चार हजार ६३४ जनाले ज्यान गुमाएको वल्र्डोमिटरको तथ्यांकमा उल्लेख छ ।
