ई–आर्थिक, पोखरा : स्याङ्जाका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जा, सिरुवारीका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आई.सि.यु. मा उपचार हुँदा हुँदै मृत्यु भएको हो ।
उनी असार ८ गते अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९०) को संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ ।