“धेरै नाचेम् बीच बीचमा
धेरै नाचेम् बीच बीचमा
अब नाच्ने हो छेउ छेउमा“
ई–आर्थिक, काठमाडौं । नेपाली म्युजिक भिडियोका चर्चित सम्पादक तथा निर्देशक प्रविन भट्टले यस वर्षको तीज विशेष गीत “नाच्ने हो छेउ छेउमा“ सार्वजनिक गरेका छन् ।
आफ्नो शब्द–संकलन तथा स्वर रहेको गीतबाट भट्टले, सामाजिक दुरी कायम गरी आ(आफ्नो ठाउँमा नै सुरक्षित रहेर तीज मनाउन संदेश दिएका छन । गीतको संगीत संयोजन कृष्ण बिकले गरेका छन् भने संगीत मुद्रण साजन शाहले गरेका हुन् ।
कोभिड(१९, लकडाउनको कारण सबै क्षेत्र प्रभावित रहेको अवस्थामा यस वर्षको तीज पनि प्रभावित हुने देखिन्छ। सामाजिक दुरी कायम गरि सुरक्षित हुन पर्ने अवस्थामा भट्टले सन्देशमुलक म्युजिक भिडियो सार्वजनिक गरेका छन् । आफैमा सफल भिडियो सम्पादक तथा निर्देशक रहेका भट्टले आफ्नो गीतमा लक्डाउनले सबैलाई परेको पिडालाई पनि रमाइलो ढंगले प्रस्तुत गरेका छन् ।
बिपी फिल्मस् नेपालको निर्माणमा तयार भिडियोमा प्रविन भट्ट, सुशिला थापा, निक शर्मा र दिपसन परियारलाई देख्न सकिन्छ ।भिडियोको छायांकन तथा निर्देशन अनिल कृष्ण मानन्धरले गरेका छन् भने सम्पादन तथा रंग संयोजन दिनसन शाहले गरेका हुन् ।
लामो समयदेखि म्युजिक भिडियो सम्पादन गरिरहेका भट्टले बेला बेलामा आफै गीत लेख्ने गर्छन । उनको, केही समयदेखि समसामयिक विषय वस्तुमा आधारित गीतहरु आइरहेका छन्। यो गीत बिशुद्ध मनोरन्जनका लागि तयार पारिएको हो । ुुअवस्था हेरेर सँक्रमण नफैलने हिसाबले रमाईलो गरौुुं भट्टले भने ।
पुराना भाकाहरु र नयाँ बाजाहरुको संयोजन गरेर तयार गीत युवापुवास्तामा लोकप्रिय हुने देखिन्छ ।