२०८३ साउन ९ शनिबार

कारोनाबाट निको हुनेको संख्या ३ सय नाघ्यो, संक्रमितको मनोबल उच्च

ई आर्थिक    बिहिबार, जेष्ठ २२ २०७७
5.3K
Shares
कारोनाबाट निको हुनेको संख्या ३ सय नाघ्यो, संक्रमितको मनोबल उच्च

ई–आर्थिक, काठमाडौं । नेपालमा पछिल्लो पटक भयाबह बन्दै गइरहेको कोरोना संक्रमणबाट निको हुनेको संख्या पनि बढिरहेको छ ।

अहिलेसम्म यो संक्रमणबाट निको हुनेको संख्या ३०१ पुगेको छ । आज प्रदेश १ स्थिति कोशी अन्चल अस्पतालबाट थप २८ जना डिस्चार्ज हुने भएसँगै कोरोना जित्नेको संख्या ३ सय नाघेको हो । छन् । कोसी अस्पतालमा उपचार गराइरहेका २८ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु आज डिस्चार्ज हुन लागेका हुन् ।

आज सो अस्पतालबाट डिस्चार्ज हुनेहरुमा उदयपुरका ४, झापाका ७, मोरङका ६, सुनसरीका ४, सप्तरीका २ धनकुटाका ४ र खोटाङका एक छन् । जसमा ६ जनामहिला र २२ जना पुरुष छन । योसँगै प्रदेश १ मा कोरोना मुक्त हुनेको संख्या ७६ पुगेको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८५ छ । मुलुकभर संक्रमितको संख्या २३०० पुगेको छ भने यो रोगका कारण ९ जनाले मात्र ज्यान गुमाएका छन् ।

कोरोना संक्रमितको संख्या बढ्दै गएर त्रास उत्पन्न भइरहेको बेला निको हुनेको संख्या पनि बढ्न थालेपछि आम नागरिकमा डर हट्न थालेको छ । यो समाचारले संक्रमितहरुको मनोबलसमेत उच्च हुन थालेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । संक्रमित र अन्य नागरिकहरुमा बढेको मनोबलले निकै राम्रो प्रभाब पर्ने उनीहरुको भनाई छ ।

यो रोग निको हुन मानब शरीरमा रहेको प्रतिरोधात्मक क्षमताले ठूलो प्रभाब पर्ने हुनााले आम नागरिक र संक्रमितको मनोबल बढ्नु एकदमै राम्रो पक्षा भएको चिकित्सकहरु बताउँछन् । संक्रमण बढे पनि निको हुने रहेछ भन्ने मनोबिज्ञान बन्ने बित्तिकै ७० प्रतिशत प्रभाब कम हुने उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij