२०८३ साउन ११ सोमबार

चौतर्फी विरोधपछि अन्तत: सरकारले थप्यो कर तिर्ने समय

ई आर्थिक    बुधबार, जेष्ठ २१ २०७७
3.4K
Shares
चौतर्फी विरोधपछि अन्तत: सरकारले थप्यो कर तिर्ने समय

ई-आर्थिक, काठमाडौं । सरकारले कर तिर्ने समयावधि असार ७ सम्म बढाएकाे छ ।

बुधबार आन्तरकि राजश्व विभागले एक सूचना जारी गर्दै कर तिर्ने म्याद असार ७ गतेसम्म कायम गरेको जनाएको छ । सरकारले मूल्य अभिवृद्धि कर, आयकर, मूल्य र अन्तः शुल्कको विवरण र कर बुझाउने म्याद थप गरी असार ७ गतेसम्मका लागि थप गरेको हो ।

यस अघि जेठ २५ गतेसम्म आयकर लगायतका विवरण बुझाउने पर्ने गरी सूचना जारी गरेकोमा करदाताबाट कोरोना सङ्क्रमणका कारण जारी लकडाउनका बेला सम्भव नहुने भन्दै चौतर्फी विरोध भएको थियो ।

विभागले विश्वव्यापी रुपमा फैलिएको कोराना सङ्क्रमणका कारण उत्पन्न असहज परिस्थितिका कारण म्याद थप गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij