२०८३ साउन ९ शनिबार

अम्फन आँधीबाट ८२ को मृत्यु, हजारौँ घर भत्किए

ई आर्थिक    बिहिबार, जेष्ठ ८ २०७७
6.5K
Shares
अम्फन आँधीबाट ८२ को मृत्यु, हजारौँ घर भत्किए

ढाका : शक्तिशाली आँधी ‘अम्फन’का कारण बंगलादेश र भारतका विभिन्न स्थानमा ठूलो क्षति पुगेको छ । बिहीबारसम्म पूर्वी भारत र बंगलादेशमा गरी ८२ जनाको मृत्यु भएको खबर अन्तर्राष्ट्रिय मिडियाले दिएका छन् ।

भारतको पश्चिम बंगाल र बंगलादेशका तटीय क्षेत्रमा यसको बढी असर पुगेको बताइएको छ । यसबीचमा हजारौँ घर तथा अन्य भौतिक संरचना आँधीका कारण भत्किएका छन् । कोरोनाभाइरसविरुद्ध जुधिरहेका यस क्षेत्रका मानिसका लागि यो आँधी पछिल्ला केही दशकयताकै ठूलो प्राकृतिक विपद् हो ।

मौसमविदहरुका अनुसार ‘अम्फन’ २० वर्ष भन्दा यताकै ठूलो आँधीबेहरी हो । जुन १७० किलोमिटर प्रतिघण्टाका दरले विस्तार हुन्छ । तटीय क्षेत्रका बस्तीमा आँधीका कारण टेलिफोन, बिजुलीको लाइन समेत काटिनुका साथै थुप्रै रुख भाँचिएका छन् । साथै भौतिक संरचना भत्किएका छन् ।

कोलकातामा मात्रै अन्तर्राष्टिय विमानस्थल नै जलमग्न भएको छ । ओडिसा लगायत सहरका लाखौँ मानिस सुरक्षित स्थानतर्फ हिँडेका छन् । यस्तै बंगलादेशका पनि लाखौँ मानिस सुरक्षित स्थान तर्फ गएका छन् । भारतीय मौसमविदहरुले अघिल्लो सातादेखि नै यो शक्तिशाली आँधी आउने सचेत गराएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij