ई–आर्थिक, काठमाडौं । काठमाडौंमा बिहीबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । भक्तपुरको अनन्तलिंगेश्वर आसपास केन्द्रविन्दु बनाएर बिहीबार बिहान भूकम्प गएको हो ।
बिहीबार बिहान ८ बजेर १४ मिनेट जाँदा ३.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । भुकम्पबाट क्षतिको कुनै विवरण आउन सकेको छैन ।