ई–आर्थिक, काठमाडौं : आज बुधबार थप २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आज बुधवार थपिएका २५ जनासँगै नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ४२७ पुगेको छ । संक्रमित मध्ये पुरुष ३५८ र महिला ६९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
बुधबार बाँके, धनकुटा, कपिलवस्तु र नवलपरासीका संक्रमित छन् । अहिलेसम्म पीसीआर विधिबाट ३५ हजार ४ सय ९४ र आरडीटी ७५ हजार ७२ जनाको कोरोना परीक्षण गरिएको पनि प्रवक्ता देवकोटाले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार चार सय ८८ र आरडीटी ३ हजार ६ सय १० जनाको कोरोना परीक्षण गरिएको छ। अहिलेसम्म नेपालमा क्वारेन्टाइनमा २३ हजार दुई सय २ जना छन् ।
कोसी अस्पतालमा रहेका आठ जना पुरुषको पीसआिर नतिजा नेगेटिभ आएपछि २९ देखि ३३ दिनदेखि स्पतालमा रहेका डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ४५ पुगेको छ भने मृत्यु हुनेको संख्या २ रहेको छ ।
नेपालमा मृत्यु हुनेको संख्या स्थिर रहेपनि संक्रमितको संख्या भने दिनप्रतिदिन बढ्दै गएको छ ।