२०८३ साउन ११ सोमबार

टिचिङ अस्पतालमा ६ वर्षीया बालिकामा कोरोना देखिएपछि चिकित्सकसहित ३८ जना क्वारेन्टाइनमा, वार्ड सिल गर्ने तयारी

ई आर्थिक    बिहिबार, जेष्ठ १ २०७७
8K
Shares
टिचिङ अस्पतालमा ६ वर्षीया बालिकामा कोरोना देखिएपछि चिकित्सकसहित ३८ जना क्वारेन्टाइनमा, वार्ड सिल गर्ने तयारी

ई-आर्थिक, काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा उपचार गराइरहेकी एक बालिकामा पनि कोरोना सङ्क्रमण पुष्टि भएपछि ती बालिकाको उपचारमा संलग्न चिकित्सकसहित ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरु सबैको थ्रोट स्वाब संकलन गर्ने तयारी भइरहेको छ।

शिक्षण अस्पतालको न्यूरो वार्डमा उपचार गराइरहेकी कपिलवस्तुकी ६ वर्षीया बालिकालाई उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो । उनलाई ६ दिन अगाडि उपचारका लागि काठमाडौं ल्याईएको हो।

अहिले अस्पतालमा स्वास्थ्य मन्त्रालयको टोली पुगेको र न्यूरो वार्ड सिल गर्नेबारे छलफल भइरहेको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij