२०८३ साउन ११ सोमबार

भारतीय अतिक्रमणविरुद्ध साेमबार पनि प्रदर्शन, ओली र मोदीको पुत्ला दहन

ई आर्थिक    सोमबार, बैशाख २९ २०७७
6.2K
Shares
भारतीय अतिक्रमणविरुद्ध साेमबार पनि प्रदर्शन, ओली र मोदीको पुत्ला दहन

ई-आर्थिक, काठमाडौं । नेपालको भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्न भारतले सडक बनाएको विरोधमा प्रदर्शन गर्ने ३० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सीमा रक्षा अभियानका अभियान्ताहरू, नेविसंघ लगायत विभिन्न दलका भ्रातृ संगठनका नेता कार्यकर्ता रहेका छन् । उनीहरु माइतीघर मण्डलाबाट पक्राउ परेका हुन।

लकडाउन उल्लंघन गरी भीड्भाड गरेको भन्दै प्रहरीले विरोधमा उत्रिएकालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरले जनाएको छ।

सोमबार प्रदर्शनकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका थिए । शुक्रबार भारतले लिपुलेक हुँदै तिब्बत जोड्ने सडकमार्गको उद्घाटन गरेसँगै सडकदेखि सदनसम्म त्यसको विरोध भइरहेको छ ।

आइतबार पनि नयाँ बानेश्वरबाट १० जना विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरू संसद चलिरहेकै बेला निषेधित क्षेत्रमा जान खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।

भारतले नेपालको भूमि अतिक्रमण गरी सडक निर्माण गरेपछि नेपालमा विरोध भइरहेको छ। यसअघि गत कात्तिक १६ गते भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा पनि लिपुलेक, लिम्पियाधुरालगायत नेपालका भूमि आफ्नो भू-भाग भन्दै समेटेपछि विरोध भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij